Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

एनपीएलमा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ

एनपीएलमा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ


  • 841
    Shares

    एनपीएलमा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो ।

    उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा भारतको आन्दा प्रदेशस्थित प्रकासम जिल्लाका ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला,३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल  रहेका छन् ।

    उनीहरूको साथबाट १५ थान मोबालाइ बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ ।

    प्रकाशित मिति :मंसिर ७ २०८२ आइतवार - १६:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij