Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

नेपालीले पठाएको रेमिट्यान्स विदेशी बैंकमा राखेर राष्ट्र बैंकले कमायो ९६ अर्ब

नेपालीले पठाएको रेमिट्यान्स विदेशी बैंकमा राखेर राष्ट्र बैंकले कमायो ९६ अर्ब


  • 722
    Shares

    नेपालीले पठाएको रेमिट्यान्स विदेशी बैंकमा राखेर राष्ट्र बैंकले कमायो ९६ अर्ब

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी सम्पत्तिमा लगानी गरेर मात्रै एक वर्षमा झन्डै ९६ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदनमा यस्तो आम्दानी गरेको देखाएको हो ।

    यो अवधिमा राष्ट्र बैंकले प्राप्त गरेको कुल रकममध्ये विदेशी बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा पैसा राखेबापत २९ अर्ब ७० करोड, विदेशी सुरक्षण पत्रमा गरिएको लगानी बापत ६२ अर्ब ३ करोड, स्थिर सुरक्षण पत्रमा लगानीबापत ३ अर्ब ५३ करोड र आईएमएफको एसडीआर होल्डिङमा गरेको लगानी बापत ८७ करोड रुपैयाँ प्राप्त गरेको छ ।

    गत वर्ष राष्ट्र बैंकले यस्तै लगानीबापत जम्मा ७९ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो वर्षको आम्दानी गत वर्षको भन्दा २०.५३ प्रतिशत बढी हो । पछिल्लो वर्ष विदेशबाट भित्रिने रेमिट्यान्स बढ्दै जाँदा राष्ट्र बैंकसँगको विदेशी मुद्राको सञ्चिति बढ्दै गएको छ । 

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १३:२०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij