Logo

२०८२ कार्तिक २१ गते शुक्रवार

२०८२ कार्तिक २१ गते शुक्रवार

घट्यो एनएमबि बैंकको नाफा, इपिएसमा गिरावट

घट्यो एनएमबि बैंकको नाफा, इपिएसमा गिरावट


  • 225
    Shares

    घट्यो एनएमबि बैंकको नाफा, इपिएसमा गिरावट
    images

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा बैंकले २ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत बढेको छ।

    बैंकले असोज मसान्तसम्ममा २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ। 

    यसैगरी बैंकको कुल सञ्चालन आम्दानी २३.४७ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा १४.३१ प्रतिशत घटेको छ भने यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रूपैयाँ रहेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ।  बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँबाट घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा रहेको छ।

    प्रकाशित मिति :कार्तिक २१ २०८२ शुक्रवार - ११:१६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij