Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता


  • 1.0K
    Shares

    • images
    बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

    काठमाडौं । ४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको  बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । 

    आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले जानकारी दिएका छन् । 

    कुलमान घिसिङ सहित आज बिहानै  काठमाडौं  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए । 

    ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए ।  

    शुक्रबार सहरी विकास मन्त्रालयमा छलफल भएपनि निष्कर्ष विहीन हुन पुगेको थियो । काठमाडौं महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ ।  

     

    प्रकाशित मिति :कार्तिक १६ २०८२ आइतवार - १२:२९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij