Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने


  • 267
    Shares

    गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने
    images

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मिति २०८२ असोज २७ गते सोमबार बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१\०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनी महानुभावहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण-सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ । 

    हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैँया ५७ पैसा चुक्ता पू¤जी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण-सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पूँजीको ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैँया २२ पैसा कायम हुनेछ । 

    काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा ATM मार्फत ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

     

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १०:३२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij