Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बेस्ट वेस्टर्न प्लसमा २० प्रतिशत छुट

एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बेस्ट वेस्टर्न प्लसमा २० प्रतिशत छुट


  • 1.1K
    Shares

    एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बेस्ट वेस्टर्न प्लसमा २० प्रतिशत छुट
    images

    काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग सम्झौता गरेको छ ।

    यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुने  भएको छ ।

    साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्ने छन् ।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रकाशित मिति :भाद्र १८ २०८२ बुधवार - १८:१२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij