Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त


  • 281
    Shares

    • images
    कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त
    images

    काठमाडौं ।  कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् ।  अर्थ मन्त्रालयले यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई सञ्चालकमा नियुक्त गरेको थियो ।  

    अर्थ मन्त्रालयले बनायो योजना अनुरूप उनलाई बुधवार बसेको सञ्चालक समिति बैठकले अध्यक्ष नियुक्त गरेको हो ।  बैंकका यसअघिका अध्यक्ष रामशरण पुडासैनीलाई सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा नियुक्त गरेपछि अध्यक्ष पद रिक्त रहेको थियो ।

    बुधवार नै नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेको लागि तयारी भइरहेको छ । पौडेलले यसअघि नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन्  । पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्षभन्दा लामो व्यावसायिक अनुभव छ ।

     

     

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - ११:४३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij