२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले (८११ अर्ब ४९ करोड) वृद्धि भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
अघिल्लो वर्ष यो वृद्धि दर १३ प्रतिशत (७४२ अर्ब ३७ करोड) थियो । २०८२ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती खाताको अंश ७.१ प्रतिशत, बचत खाताको अंश ३६.८ प्रतिशत र मुद्दती निक्षेपको अंश ४८.३ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्ष यस्ता अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत रहेका थिए । प्रतिवेदनअनुसार सो अवधिमा संस्थागत निक्षेपको अंश ३६.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३६.२ प्रतिशतभन्दा अलि घटेको हो ।
यसैबिच, निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा ८.४ प्रतिशतले (४२३ अर्ब ७३ करोड) बढेको छ । अघिल्लो वर्ष यो वृद्धि ५.८ प्रतिशत (२७६ अर्ब ९४ करोड) थियो ।
निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्ष यस्ता अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij