Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण

संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण


  • 484
    Shares

    संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विमाङ्क रकम हस्तान्तरण

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ ।  सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोलेकी सृष्टि त्रिपाठीका दाजु सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बिमा बापतको रकम उपलब्ध गराइएको हो । 

    सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । उक्त रकम सृष्टि त्रिपाठी १८ बर्ष पुगेपछि उनले झिक्न पाउने गरी अहिले मुद्दती खातामा जम्मा गरिएको छ ।

    सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बैंकले बिमा बापत तीन लाख रुपैयाँ उपलब्ध गराइने प्रावधान रहेको छ ।

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १८:११:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij