Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

अन्तरकलेज छात्र बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज छात्र बास्केटबल शुक्रबारदेखि


  • 428
    Shares

    अन्तरकलेज छात्र बास्केटबल शुक्रबारदेखि

    काठमाडौं । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

    प्रतियोगितामा ११ टिमको सहभागिता रहने आयोजक अबाइडका प्रबन्ध निर्देशक मनीषमान श्रेष्ठले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने भएको छ ।

    समूह ‘ए’ मा ग्रिनफिल्ड नेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज, मल्पी इन्स्टिच्युट, गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ र कान्जिरोवा रहेका छन् भने टाइम्स इन्टरनेसनल कलेज, प्रिमियर कलेज, बर्नहार्ट, पुष्पसदन, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर ९सीसीआरसी० र गोल्डेनगेट ‘बी’ मसूह ‘बी’ मा छन् ।

    विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने अबाइडका प्रमुख कार्यकारी अधिकृत आशिषमान श्रेष्ठले जानकारी दिएका छन् । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा हुने प्रतियोगिताका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने भएको  छ ।

    आठदिने प्रतियोगिताका खेलहरु सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा खेलाइने छ ।

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १४:३९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij