Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार, कहाँ कति परीचालन ?

जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार, कहाँ कति परीचालन ?


  • 680
    Shares

    • images
    जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार,  कहाँ कति परीचालन ?
    images

    काठमाडौं । जलवायु वित्त परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जलवायु वित्त परिचालन कार्यविधि २०८२ को मस्यौदा तयार गरीएको छ । जलवायु वित्त परिचालनमा कुल लागतको २० प्रतिशत मात्रै प्रशासनिक र प्राविधिक क्षेत्रमा खर्च गर्ने व्यवस्था गर्न लागिएको छ।

    अर्थ मन्त्रालयले जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा तयार पार्दै खर्चमा कडाइ गर्न लागेको हो।

    मन्त्रालयले तयार पारेको मस्यौदामा सरकारी, निजी र गैरसरकारी संस्थाहरुले जलवायु वित्त परिचालन गर्दा परियोजनामा कुल लागतको २० प्रतिशतभन्दा धेरै रकम प्रशासनिक वा प्राविधिक कार्यमा प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ।

    जलवायुसम्बन्धी अनुदान, ऋण र सम्मिश्रित किसिममा वित्त परिचालन गर्ने अधिकार सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमा दिइएको छ।

    खर्चमा कडाइ गर्दै सरकारले वित्त परिचालनमा सरकारका तीन तह, निजी र गैरसरकारी संस्थाहरुलाई सक्रिय बनाउन लागेको छ।

    वित्त परिचालनलाई नियन्त्रित बनाउन सरकारले साझा जलवायु कोषको अवधारणा अवलम्बन गरेर सोहीमार्फत वित्त परिचालन गर्ने उल्लेख गरेको छ।

     

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १४:२४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij