Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

हनुमानढोकामा रहेको पुरानो प्रहरी भवन भत्काइने

हनुमानढोकामा रहेको पुरानो प्रहरी भवन भत्काइने


  • 729
    Shares

    • images
    हनुमानढोकामा रहेको पुरानो प्रहरी भवन भत्काइने
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीचको सहकार्यमा हनुमानढोकामा रहेको नेपाल प्रहरीको पुरानो भवन भत्काएर परम्परागत पोखरी पुनर्निर्माण गरिने भएको छ।

     काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीबीच भएको शिष्टाचार भेटमा उक्त निर्णय भएको हो।

    २०७२ सालको भूकम्प अघि जिल्ला प्रहरी परिसर, काठमाडौं बस्दै आएको हनुमानढोकाको भवन भत्काइने भएको हो । 

     २ रोपनी क्षेत्रमा रहेको त्यो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

    त्यसक्रममा उक्त स्थानमा सांस्कृतिक सम्पदाको संरक्षणका लागि पोखरी पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ ।

    ‘हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्वलाई जोगाउन र मच्छिन्द्रनाथको रथ राख्ने परम्परालाई कायम गर्न दिन यो पोखरी निर्माण आवश्यक छ,’ मेयर शाहले भने ।

    यस्तै बैठकमा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र आवश्यक भवन निर्माण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

    यसका लागि लेआउट तयार गर्न नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

    मेयर शाहलाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘स्रोत साधन सम्पन्न पूर्वाधारले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा सुधार ल्याउँछ । ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षाका लागि यस्ता भवनहरू महत्वपूर्ण छन् ।’

    बैठकमा काठमाडौं महानगर–२७ को कार्यालय हाल भोटाहिटीमा रहेको साइबर ब्युरोको भवनमा सार्न सकिने विषयमा समेत छलफल भएको छ । अहिले साइबर ब्युरोको नयाँ भवन सामाखुसीमा निर्माण भइरहेको छ र निर्माण सम्पन्न भएपछि वडा कार्यालय हाल ब्युरो रहेको भवनमा स्थानान्तरण गरिने विषयमा समेत छलफल भएको थियो ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोको भवन निर्माणका लागि उपयुक्त जग्गा खोज्ने र भवन बनाउनका लागि सहकार्य गर्ने विषयमा पनि छलफल भएको महानगरले जनाएको छ । प्रहरी महानिरीक्षक दीपक थापाले भने, ‘सुरक्षा र सेवा प्रवाहका लागि बलियो पूर्वाधार आवश्यक छ । महानगरसँगको सहकार्यले हाम्रा योजनाहरूलाई प्रभावकारी बनाउन सकिन्छ ।’

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १३:५६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij