Logo

२०८२ पौष १ गते मंगलवार

२०८२ पौष १ गते मंगलवार

राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न पर्यो सकस, आज फेरि रु. ४० अर्ब तान्दै

राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न पर्यो सकस, आज फेरि रु. ४० अर्ब तान्दै


  • 1.2K
    Shares

    राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न पर्यो सकस,  आज फेरि रु. ४० अर्ब तान्दै
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकलाई बैंकिङ प्रणालीको तरलता व्यवस्थापनमा सकस परिरहेको छ। गत आर्थिक वर्षदेखि बैंकिङ प्रणाली कर्जाको तुलनामा निक्षेप बढ्दै जाँदा अधिक तरलता थुप्रिएको छ।

    केन्द्रीय बैंकले आज साउन २१ गते बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने  भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी  दिएको छ ।    

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

    यो ३५ दिने निक्षेप संकलन उपकरणको भदौ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १०:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij