Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

लाओसविरुद्ध नेपालको गोल वर्षा, ९–० ले विजयी

लाओसविरुद्ध नेपालको गोल वर्षा, ९–० ले विजयी


  • 2.5K
    Shares

    लाओसविरुद्ध नेपालको गोल वर्षा, ९–० ले विजयी

    काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

    नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् ।

    नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे ।

    जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ । आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औं अन्तराष्ट्रिय खेल पूरा गरेको छ । साथै आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् ।

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १९:४७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij