Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरीद गर्न पाउने

कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरीद गर्न पाउने


  • 1.2K
    Shares

    कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले  पनि खरीद गर्न पाउने
    images

    काठमाडौं । कुमारी बैंकले संस्थापक समूहको ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा राखिएको हो। उक्त शेयरमा बैंकका संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको थियो भने संस्थापक शेयरधनीहरुको शेयर खरिदका लागि कुनै निवेदन नपरेको बैंकले जानकारी दिएको छ । 

    उक्त शेयर खरीदको लागी इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय र नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्न सकिने छ।

     

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - ११:१४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij