२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), महाराजगञ्जले नर्सिङ पेशामा रोजगारीको अवसर खुलेको छ । टिचिङ अस्पतालले ठूलो अवसर प्रदान गर्दै करार सेवामा १०० जना नर्स माग गरेको छ ।
आज अस्पतालले एक सूचना प्रकाशित गर्दै आन्तरिक स्रोतबाट तलब-भत्ता उपलब्ध गराई रिक्त अस्थायी दरबन्दीमा नर्स पदको लागि आवेदन खुला गरेको जानकारी दिएको छ ।
नर्सिङ विषयमा प्रमाणपत्र तह वा बीएससी नर्सिङ उत्तीर्ण गरेका योग्य उम्मेदवारहरूले आगामी २५ जेठ (जुन ८) देखि १ असार (जुन १५) बेलुका ५ बजेसम्म आवेदन दिन सक्ने छन् ।
अस्पतालले इच्छुक उम्मेदवारहरूलाई आवेदन प्रक्रिया र अन्य विवरणका लागि टिचिङ अस्पतालको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij