Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

टिकटक बनाउन जाने भन्दै खोलामा लगेर बालकको हत्या, ४ जना पक्राउ

टिकटक बनाउन जाने भन्दै खोलामा लगेर बालकको हत्या, ४ जना पक्राउ


  • 3.8K
    Shares

    • images
    टिकटक बनाउन जाने भन्दै खोलामा लगेर बालकको हत्या, ४ जना पक्राउ

    रौतहट । रौतहट प्रहरीले बालकको हत्यामा संग्लन ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत् उनीहरूलाई सार्वजनिक गरेको हो ।

    वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा भेटिएको थियो । प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका-४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई गोली हानी हत्या गरिएको थियो । रौतहटका एसपी दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोली हानिएको छ ।

    बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका-५ स्थित घरमा टीनको बाकसमा लुकाएको अवस्थामा भेटिएको घिमिरेले बताए । उनीहरूले प्रयोग गरेको बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारिएको अवस्थामा गौरको एक वर्कशपमा भेटिएको छ ।

    पक्राउ परेका चारैजनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको र यससम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १०:२१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij