Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

कुमारी बैंकको नाफा साढे २८ करोडबढी, कति छ चुक्ता पुँजी ?

कुमारी बैंकको नाफा साढे २८ करोडबढी, कति छ चुक्ता पुँजी ?


  • 1.4K
    Shares

    कुमारी बैंकको नाफा साढे २८ करोडबढी, कति छ चुक्ता पुँजी ?

    काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ। बैंकको  वित्तीय विवरण अनुसार चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

    गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थियो। गत वर्षको तुलनामा यस वर्ष सोही अवधिसम्म बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेको छ।

    बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५४ करोड ३६ लाख रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने बैंकको खुद ब्याज आम्दानी ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ रहेको छ । 

    बैंकको वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ऋणात्मक छ र सञ्चालन नाफा ७५.३१ प्रतिशतले घटेर ५५ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

    बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १.४५ रुपैयाँ रहेको छ ।  बैंकको प्रतिसेयर नेटवर्थ १३४.४३ रुपैयाँ रहेको छ ।

    images
    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १०:०१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij