Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब ५४ करोड, , कस्तो छ वित्तीय प्रगति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब ५४ करोड, , कस्तो छ वित्तीय प्रगति ?


  • 1.0K
    Shares

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब ५४ करोड, , कस्तो छ वित्तीय प्रगति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको चैत त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेर १० अर्ब ३१ करोड ४९ लाख रुपैयाँ रहेको छ । सञ्चालन नाफा २२.२६ प्रतिशत बढेर ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोड ९७ लाखबाट घटेर १ अर्ब १९ करोड ८१ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य आम्दानी १ अर्ब १० करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ छ । ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

    बैंकको प्रति सेयर आम्दानी ४ रुपैयाँ ९४ पैसा बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १९० रुपैयाँ छ।

    प्रकाशित मिति :बैशाख ७ २०८२ आइतवार - ०६:०२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij