Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

डिभोर्सपछि शिल्पा पोखरेल बनिन् ओशो सन्यासी, ‘माँ प्रेमा हाँस्या’ नामले चिनिने

डिभोर्सपछि शिल्पा पोखरेल बनिन् ओशो सन्यासी, ‘माँ प्रेमा हाँस्या’ नामले चिनिने


  • 4.2K
    Shares

    डिभोर्सपछि  शिल्पा पोखरेल बनिन् ओशो सन्यासी,  ‘माँ प्रेमा हाँस्या’ नामले चिनिने
    images

    काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् ।

    ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले यसबारे जानकारी दिँदै शिल्पाले नवसन्यास लिएकोमा खुसी जनाएकी छन् ।

    शिल्पालाई शुभकामना दिँदै शोभिता लेख्छिन्-‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्‍याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’

    ‘लज्जा’बाट फिल्म अभिनयमा डेब्यु गरेकी शिल्पाले करिअरमा ९ फिल्ममा अभिनय गरेकी छिन् । हवल्दार सुन्तली, फागु, किस्मत २, मंगलम उनका चर्चित फिल्म हुन् । उनको पछिल्लो फिल्म ‘भिलेन’ ७ वर्षअघि रिलिज भएको थियो ।

    त्यसयता उनी पूर्वश्रीमान तथा फिल्म निर्माता छविराज ओझासँगको वैवाहिक सम्बन्धले चर्चामा रहिन् । उनीहरूबीच सम्बन्धविच्छेद भैसकेको छ ।

    प्रकाशित मिति :फाल्गुण ७ २०८१ बुधवार - ११:२६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij