Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बिहे हेर्न गएका दुई युवतीको शव नदीमा भेटियो, अझैं एक बेपत्ता

बिहे हेर्न गएका दुई युवतीको शव नदीमा भेटियो, अझैं एक बेपत्ता


  • 2.1K
    Shares

    बिहे हेर्न गएका दुई युवतीको शव नदीमा भेटियो, अझैं एक बेपत्ता
    images

    रुकुम पश्चिममा बिहे हेर्न गएका तीन युवतीमध्ये दुई जनाको शव भेटिएको छ ।

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-३ भाग्ने नजिकै सानोभेरी नदीमा उनीहरूको शव भेटिएको हो । १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मिला ओलीको शव नदीमा भेटिएको रुकुम पश्चिमका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए ।

    उनका अनुसार शुरूमा उर्मिलाको शव भेटिएको थियो । उनको शव भेटिएको एक/डेढ मिटर तल कल्पनाको शव भेटिएको डीएसपी पौडेलले बताए । उनीहरूसँगै बिहे हेर्न गएकी  १४ वर्षीया सपना ओली बेपत्ता छन् । उनीहरू सोमबार बेलुका पारिपट्टीको गाउँमा रहेको आफन्तको बिहे हेर्न गएका थिए । बिहे हेरेर घर फर्किने क्रममा उनीहरू पुल नतरेर गाडी वारपार गर्न बनाइएको नदीको बाटो फर्किएका थिए ।  

    त्यसैबेला उनीहरूलाई नदीले बगाएको आशंका गरिएको छ । बिहे हेर्न उनीहरू मंगलबार बिहानसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए । त्यसक्रममा शुरूमा उर्मिलाको शव भेटिएको थियो ।

    बेपत्ता सपनाको खोजी भइरहेको डीएसपी पौडेलले बताए । ‘हामीले तीनै जनाका आफन्तसँग कुरा गर्‍यौं, नानीहरू नदीपारी बिहे हेर्न गएका रहेछन्’, पौडेलले लोकान्तरसँग भने, ‘सपनाको अझै खोजी गरिरहेका छौं । यस विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’

    प्रकाशित मिति :फाल्गुण २६ २०८२ मंगलवार - १३:३९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij