Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

पाकिस्तानमा बम विस्फोट हुँदा १० मजदुरको मृत्यु

पाकिस्तानमा बम विस्फोट हुँदा १० मजदुरको मृत्यु


  • 1.4K
    Shares

    पाकिस्तानमा बम विस्फोट हुँदा १० मजदुरको मृत्यु
    images

    पाकिस्तान । दक्षिण पश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) बाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।

    विपन्न बलुचिस्तानमा सुरक्षा बलहरूले पृथकतावादी समूहहरूसँग दशकौँदेखि विद्रोहको सामना गरिरहेका छन् । सीमावर्ती क्षेत्रहरूमा विगत तीन वर्षमा हिंसा बढेको छ ।

    शुक्रबार मजदुरहरूको एक समूह हर्नाइ जिल्लाको बजारतर्फ जाँदै गर्दा विस्फोटको चपेटामा परेको स्थानीय सरकारी अधिकारी सलिम तारीनले बताए । उनले ‘आईईडी विस्फोट’ भएको हुन सक्ने जानकारी दिएका छन् ।

    ‘हर्नाइ जिल्लामा भएको आक्रमणमा १० खानी मजदुरको मृत्यु भयो,’ अर्का वरिष्ठ सरकारी अधिकारी शहजाद जहरीले भने । हर्नाइ दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट १६० किलोमिटरभन्दा टाढा छ ।

    प्रकाशित मिति :फाल्गुण २ २०८१ शुक्रवार - १६:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij