Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकाबाट डिपोर्ट भएका २ सय ५ भारतीय आज अमृतसरमा ल्यान्ड हुँदै

अमेरिकाबाट डिपोर्ट भएका २ सय ५ भारतीय आज अमृतसरमा ल्यान्ड हुँदै


  • 1.8K
    Shares

    अमेरिकाबाट डिपोर्ट भएका २ सय ५ भारतीय आज अमृतसरमा ल्यान्ड हुँदै
    images

    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा रहँदै आएका भारतीयहरुलाई फिर्ता गर्ने क्रम सुरु गरेका छन्।

    विभिन्न देशका आप्रावासीहरुलाई सैन्य विमानमार्फत उनीहरुकै देशमा छोड्ने अमेरिकी कानुन अनुसार भारतका २ सय ५ आप्रावासी आज अमृतसरमा ल्यान्ड गर्न लागेका हुन्।

    अमेरिकी सेनाको विमान सी-१७ मार्फत आज भारतको अमृतसरमा ल्यान्ड गर्न लागेका हुन्। यो फ्लाइट मंगलबार दिउँसो एन्टोनियाबाट अमृतसरमा लागि उडेको हो। भारतले अमेरिकी सैन्य विमान अमृतसरमा आउने भएसँगै सैन्य तैनाथी बढाएको छ।

    अमेरिकाबाट आएको विमानमा ११ क्रु मेम्बर सहित ४५ अमेरिकी अधिकारीहरु समेत सामेल रहेको जनाइएको छ। उनीहरु २ सय ५ भारतीयलाई अमृतसरमा छोडेर स्वदेश फर्किने भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

    ट्रम्पले सत्ता समालेपछि ११ दिनमा करिब २५ हजार बढी अवैध आप्रावासीहरु पक्राउ परेका थिए। १२ राज्यमा छापा मार्दा करिब १७०० भारतीयहरु पक्राउ परेका छन्।

    त्यसअघिनै करिब १८ हजार भारतीयहरु डिपोर्ट हुने लिस्टमा रहेका छन्। क्रमश उनीहरुलाई सैन्य विमानमार्फत भारत छोड्ने अमेरिकाले जनाएको छ। यो प्रकृया पूरा हुन तीन वर्ष सम्म लाग्न सक्ने जनाइएको छ।

    ट्रम्पले सत्ता समालेसँगै मेक्सिको बोर्डरबाट अमेरिका छिर्ने अवैध आप्रावासीको संख्यामा ९४ प्रतिशतले कमि आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

    प्रकाशित मिति :माघ २३ २०८१ बुधवार - १५:१७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij