Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

सवारी दुर्घटना

साउदीमा सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु, १ जना गम्भीर घाइते

साउदीमा सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु, १ जना गम्भीर घाइते


  • 1.6K
    Shares

    साउदीमा सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु, १ जना गम्भीर घाइते
    images

    काठमाडौं । साउदी अरबमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने १ नेपाली गम्भीर घाइते भएका छन्।

    साउदी अरबस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा उदयपुरका रुपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणाको मृत्यु भएको हो। यसैगरी उक्त बस दुर्घटनामा इलामका सुकबहादुर लिम्बु गम्भीर घाइते भएका छन्। उनको अलेमिस अस्पतालमा उपचार भइरहेको छ।

    साउदीको जिजानको रिफाइनरी रोडमा गत सोमबार नेपालीसहितका श्रमिक सवार बस ट्रेलरसँग ठोकिएर भएको दुर्घटनामा भारतका ९ जना र अफ्रिकी देश घानाका ३ जनाको पनि मृत्यु भएको छ। दुर्घटनामा कूल ११ जना घाइते भएका छन्।

    प्रकाशित मिति :माघ २० २०८१ आइतवार - ११:०१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij