Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकामा फेरि विमान दुर्घटना

अमेरिकामा फेरि विमान दुर्घटना


  • 3.9K
    Shares

    अमेरिकामा फेरि विमान दुर्घटना
    images

    अमेरिकामा फेरि विमान दुर्घटना भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार साँझ अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एअर एम्बुलेन्स दुर्घटना भएको हो।

    जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। 

    मेयर चेरेल पार्करका अनुसार मृत्यु हुनेको कूल संख्या अझै थाहा हुन सकेको छैन। उनले भनिन्, ‘धेरै घर र सवारीसाधन प्रभावित भएका छन्।’

    एफएएले विज्ञप्ति जनाएअनुसार लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको थियो। तर विमान स्थानीय समयानुसार  साँझ ६:३० बजेतिर दुर्घटनाग्रस्त भयो। अधिकारीहरूले मृत्यु वा घाइतेको पुष्टि गरेका छैनन्। भिडिओमा दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।

    प्रकाशित मिति :माघ १९ २०८१ शनिवार - ०८:२४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij