Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अमेरिकी विमान दुर्घटना

अमेरिकी विमान दुर्घटना: खतरनाक अवस्था भन्दै गोताखोरले रोके शव खोजी

अमेरिकी विमान दुर्घटना: खतरनाक अवस्था भन्दै गोताखोरले रोके शव खोजी


  • 1.8K
    Shares

    अमेरिकी विमान दुर्घटना: खतरनाक अवस्था भन्दै गोताखोरले रोके शव खोजी
    images

    वासिङ्टन डीसी । बुधबार राति अमेरिकामा अमेरिकन एयरलाइन्सको विमान हावामै ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएको थियो । यस दुर्घटनामा विमानमा सवार ६४ जना यात्रु र क्रु मेम्बरको मृत्यु भएको छ । ठोक्किएपछि विमान पोटोम्याक नदीमा खसेको थियो । 

    नदीमा मानिसहरूको शव फेला पार्न खोजी अभियान सुरु गरिएको थियो । तर अब खतरनाक अवस्थाका कारण डाइभिङ टोलीले यो अपरेशन रोकेको खबर आएको छ । यो जानकारी बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले दिएको हो । आफूहरूले सुरक्षित रूपमा पुग्न सक्ने सबै ठाउँहरू खोजेको गोताखोरहरूले बताएका छन् । 

    गोताखोरहरूले विमान दुर्घटनामा मारिएकाहरूको शव खोज्न सकुन् भनेर अमेरिकी तटरक्षक दल नदीबाट विमानको भग्नावशेष हटाउन मद्दत गर्न तयार छ । नदीमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष हटाइएपछि र अवस्था सुरक्षित भएपछि, गोताखोरहरूले आफ्नो काम पुनः सुरु गर्ने बताइएको छ । 

    प्रकाशित मिति :माघ १८ २०८१ शुक्रवार - ११:१२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij