२०८२ फाल्गुण २१ गते बिहिवार
इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी जीवितै रहेको बताएको छ। द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ। नाम उल्लेख नगरिए पनि हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता एक मात्र नेपाली विपिन जोशी हुन्।
इजरायली अधिकारीहरूका अनुसार आज हमासले पाँच थाई नागरिकसहित ८ बन्धक रिहा गर्दै छ। तर यो सूचीमा नेपाली बन्धक परेका छैनन्। द टाइम्स अफ इजरायलका अनुसार हमासले आज रिहा गरिने ३ जनाको नाम मात्र सार्वजनिक भएको छ। जसमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगाम बर्गर र ८० वर्षीय गादी मोशे मोजेस छन्।
यसका साथै आज ५ थाई बन्धक पनि रिहा हुने इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्। द टाइम्स अफ इजरायलले लेखेको छ, ‘गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन्। तर दुई थाई नागरिक र एक तान्जानियाली भने मृत घोषणा गरिसकिएको छ।’
इजरायली अधिकारीहरूले हमासले भोलि रिहा गर्ने इजरायली बन्धकहरूमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगाम बर्गर र ८० वर्षीय गादी मोशे मोजेस रहेको बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij