Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

वैदेशिक रोजगार

तेह्रसय बढी नेपालीसहित अमेरिकाले निष्कासन गर्ने १४ लाख आप्रवासीको संख्या सार्वजनिक

तेह्रसय बढी नेपालीसहित अमेरिकाले निष्कासन गर्ने १४ लाख आप्रवासीको संख्या सार्वजनिक


  • 2.2K
    Shares

    तेह्रसय बढी नेपालीसहित अमेरिकाले निष्कासन गर्ने १४ लाख आप्रवासीको संख्या सार्वजनिक
    images

    काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै अमेरिकाले अनधिकृत आप्रवासीलाई सामूहिक रूपमा फिर्ता गर्न थालेको छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) कार्यालयका अनुसार ट्रम्पले पदभार ग्रहण गरे यता २ हजार ६ सय ८१ जना भन्दाबढी अनधिकृत आप्रवासी पक्राउ परेका छन् ।

    यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ ।

    अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।

    होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन् ।

    यसैगरी अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् ।

    डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अमेरिकामा ३ लाखभन्दा बढी नेपालीमूलका बासिन्दा छन् । जसमध्ये २ लाखले ग्रिनकार्ड र करिब ८७ हजारले नागरिकता प्राप्त गरेका छन् । २० हजार विद्यार्थी छन् भने २० हजारले शरणार्थीका रूपमा आवेदन दिएका छन् । साथै ७ हजार ५ सयले अस्थायी आवासीय अनुमति पाएका छन् ।

    इमिग्रेसन एन्ड कस्टम एन्फोर्समेन्ट (आईसीई) ले १३ सय भन्दाबढी  नेपाली अनधिकृत रहेको अनुमान गरेको छ ।

     

    प्रकाशित मिति :माघ १६ २०८१ बुधवार - १२:४८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij