२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । हमासले यो साता थप ६ जना बन्दी रिहा गर्ने भएको छ। यसरी बन्दी रिहा भएपछि उत्तरका गाजाबासीलाई घर फर्कन दिइने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन्।
यसरी रिहा गरिने बन्दीमा अर्बेल यहुद पनि रहेकी छिन्। उनलाई नछाडेकै कारण इजरायलले उत्तरमा घर फर्कनेमाथि अवरोध सिर्जना गरेको थियो।
हमासले शनिबार चार इजरायली सैन्य महिलालाई छाडेको थियो इजरायलले जेलमा कैदी बनाइएकालाई इजरायलले छाड्नु अगावै आफ्ना सर्वसाधारण नागरिकलाई नछाडेर हमासले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएको थियो।
युद्ध विराम लागु भएपछि सात बन्दी तथा दुई सय जना कैदी रिहा भइसकेका छन्। घर फर्किरहेका हजारौँ जना अहिले गाजामा इजरायलको अवरोधका कारण रोकिएका छन्। १९ जनवरीदेखि लागु भएको युद्ध विराममा दुई पटक बन्दी रिहा गर्ने काम भइसकेको छ। तेस्रो पटक हमासले शुक्रबार यहुद र अन्य दुई जनालाई छाड्ने छ। मध्यस्थ गरीरहेको कतारले दिएको जानकारी अनुसार शनिबार तीन जनालाई छाड्ने छ।
इजरायलले सोमबारदेखि गाजमा अलमलिनेलाई छाड्ने छ। साथै यो साता जेलमा रहेका प्यालेस्टाइनीलाई पनि छाड्ने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij