२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कपिल शर्मालाई धम्कीपूर्ण इमेल पठाउने व्यक्तिले हास्य कलाकारका साथै उनका आफन्त, परिवारका सदस्य, परिचित, सहकर्मी र छिमेकीहरूलाई मार्ने धम्की दिएको छ।
भारतीय पत्रिका आजतकका अनुसार मुम्बईको अम्बोली प्रहरीले अनुसन्धान सुरु गरेको छ। तर अहिलेसम्म स्वयं कपिल वा उनको परिवारबाट यसबारे कुनै वक्तव्य जारी गरिएको छैन।
कपिल शर्माभन्दा पहिले राजपाल यादव, रेमो डिसुजा र सुगंधा मिश्रालाई पनि ज्यान मार्ने धम्की आएको थियो। यो इमेल पठाउने व्यक्तिको नाम विष्णु रहेको बताइएको छ। मुम्बई प्रहरी अनुसन्धानमा जुटेको जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij