२०८२ भाद्र २५ गते बुधवार
आइतबारदेखि भएको युद्धविरामसँगै हमास र इजरायलले एकअर्काका बन्धक नागरिकलाई रिहा गरेका छन्।
अहिलेसम्म हमासले गाजामा ३ बन्धक रिहा गरेको छ भने इजरायलले ९० प्यालेस्टिनी कैदीलाई मुक्त गरेको छ।
हमासले रिहा गरिएका ९० जनामा ६९ महिला र २१ बालबालिका रहेको बताएको छ। सम्झौताको पहिलो चरणमा इजरायलले १,९०० प्यालेस्टिनी कैदी रिहा गर्नुपर्नेछ। बदलामा हमासले ३३ इजरायली बन्धक छाड्नुपर्ने छ।
त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट हट्ने र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij