Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

पाकिस्तानको सैन्य कारबाहीमा पाँच विद्रोही मारिए

पाकिस्तानको सैन्य कारबाहीमा पाँच विद्रोही मारिए


  • 862
    Shares

    पाकिस्तानको सैन्य कारबाहीमा पाँच विद्रोही मारिए
    images

    काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीमा पाँच विद्रोही मारिएको सेनाले जनाएको छ ।

    पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार सुरक्षा बलहरूले विद्रोहीहरूको उपस्थितिको सूचनामा प्रान्तको खैबर जिल्लामा अपरेशन सुरु गरेको हो । अपरेशनको सञ्चालनको क्रममा पाँच विद्रोही हरू मारिएको र एकलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

    आईएसपीआरका अनुसार विद्रोहीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।

    यस क्षेत्रबाट अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेसन सञ्चालन भइरहेको बताइएको छ ।

    सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन प्रतिबद्ध रहेको जनाएको छ ।

    प्रकाशित मिति :माघ ६ २०८१ आइतवार - ०७:०८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij