Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

सैफलाई अस्पताल पुर्‍याउने अटो चालकले दिए यस्तो बयान

सैफलाई अस्पताल पुर्‍याउने अटो चालकले दिए यस्तो बयान


  • 2.7K
    Shares

    सैफलाई अस्पताल पुर्‍याउने अटो चालकले दिए यस्तो बयान
    images

    गत बुधबार मध्यराति भारतीय अभिनेता सैफ अली खानमाथि घातक हमला भएको थियो। उनलाई एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेका थिए। रगताम्मे अवस्थामा सैफलाई अस्पताल लगिएको थियो। यो घटना हुँदा सैफका चालक उपस्थित थिएनन्। उनलाई अटोबाट अस्पताल लगिएको थियो। उनलाई अस्पताल लैजाने अटो चालकको बयान सार्वजनिक भएको छ।

    अटो चालक भजनसिंह रानाले अटोमा सवार व्यक्ति सैफ अली खान नै हुन् भनेर आफूले थाहा नपाएको बताए। उनका अनुसार सैफले लगाएको सेतो कुर्ता रगतले पुरै भिजेको थियो।

    समाचार एजेन्सी पीटीआईका अनुसार अटो रिक्सा चालक राणाले रगतले लतपतिएको कुर्तामा आफूले लिलावती अस्पताल पुर्‍याएका यात्रु बलिउड अभिनेता सैफ अली खान हुन् भनेर आफूलाई थाहा नभएको बताए। 'जब हामी अस्पतालको गेटमा पुग्यौं, उनले अस्पतालका गार्डहरूलाई म सैफ अली खान हुँ स्ट्रेचर ल्याऊँ भनेर बोलाए,' अटो चालकले शुक्रबार मुम्बईमा पत्रकारहरूलाई भने। उनले सैफको निवास सतगुरु दर्शन भवनको बाटोबाट जाँदै गर्दा एक महिला र केही व्यक्तिहरूले आतिँदै अटो रोक्न भनेका थिए। 'त्यसपछि ती व्यक्ति अटोमा बसे जसको सेतो कुर्ता रगतले भिजेको थियो। घाँटी र ढाडमा चोट लागेको देखेँ तर हातको चोटतर्फ ध्यान गएन,' उनले भने।

    के छोरा तैमुर पनि सैफसँग अस्पताल गएका थिए? भन्ने प्रश्नमा चालकले भने, 'अटोमा करिब सात/आठ वर्षका बालक पनि सवार थिए।' ड्राइभरले सुरुमा सैफलाई बान्द्राको होली फेमिली अस्पताल लैजान लागेको बताए तर सैफ आफैँले उनलाई लीलावती लैजान आग्रह गरेको उनले सुनाए।

    अटो चालकका अनुसार बिहान करिब तीन बजे अटो अस्पताल पुगेको थियो। उनले सैफलाई करिब सात/आठ मिनेटमा अस्पताल पुर्‍याएका थिए भने चालकले भाडासमेत नलिएको बताए।

    प्रकाशित मिति :माघ ५ २०८१ शनिवार - १८:४९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij