Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

१५ महिनापछि इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ

१५ महिनापछि इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ


  • 1.6K
    Shares

    १५ महिनापछि इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ
    images

    काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ।

    स्रोतहरूलाई उदृत गर्दै बीबीसीलाई जनाएअनुसार स्थायी युद्धविरामको लागि दुवैपक्ष तयार भएका हुन् । सम्झौताको औपचारिक रूपमा घोषणा भने गरिएको छैन ।
    यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिनेछ भने बन्धकहरूको रिहाइको सुनिश्चितता गरेको छ ।

    हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरी १२ सय बढीको ज्यान लिएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो ।

    हमासका एक अधिकारीले बीबीसीलाई बताएअनुसार उनले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको जानकारी गराएका छन्।

    गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको छ।हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो।

    हाल भने हमाससँग ९४ इजरायली बन्धक मात्र बाँकी छन्। तर इजरायलले यी बन्धकमध्ये ६० जना मात्र बाँचेको बताएको छ। जवाफमा इजरायलले हमासविरुद्ध गाजामा सैन्य आक्रमण सुरु गर्दा युद्ध जारी रहेको हो। 

    गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

    प्रकाशित मिति :माघ ३ २०८१ बिहिवार - ०७:५०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij