२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । भारतको बेङ्गलोरस्थित होयसाला नगरमा एक छ वर्षीया नेपाली बालिकालाई निर्माणाधीन भवन भित्र यौन दुर्व्यवहार र हत्या गरिएको समाचार छ । बेङ्गलोर प्रहरीले उक्त अपराधमा बिहारका एक जनालाई पक्राउ गरेको हो ।
बाबुआमा नेपाली मूलको भएको र घटनास्थलमा सुरक्षा कर्मचारीको रूपमा काम गर्ने गरेको समाचारमा उल्लेख छ । सोमबार साँझ ७ः३० बजे बालिकाका अभिभावक काममा गएका बेला उक्त घटना भएको बताइएको छ ।
भिषेक कुमार भनेर चिनिने अभियुक्त बिहारबाट आएका मजदुर थिए । बालिकालाई सुनसान क्षेत्रमा लगेर बलात्कार गरेपछि उनले हत्या गरेका थिए ।
स्थानीयले बालिकालाई फेला पारेर आरोपीलाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो । प्रहरीलाई जिम्मा दिनुअघि उनीहरुले अभियुक्तलाई कुटपिट समेत गरेका थिए ।
प्रहरीका डीसीपी डी देवराजले अभियुक्त पक्राउ परेको पुष्टि गरेका छन् । राममूर्ति नगर प्रहरीले यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन र भारतीय न्याय संहिता (बीएनएस) को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij