२०८२ फाल्गुण २१ गते बिहिवार
किभः युक्रेनले रुसमा युद्ध सुरु भएपछिको अहिलेसम्मकै ठूलो आक्रमण गरेको दाबी गरेको छ। युक्रेनले उक्त आक्रमणको निशाना धेरै ठाउँहरुलाई बनाएको छ।
युक्रेनी सशस्त्र बलका अनुसार रुसका धेरै ठाउँमा गोलाबारुद डिपो र रासायनिक प्लान्टहरूलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ। आक्रमण गरेका केही स्थानह युक्रेनी सीमाबाट सयौं किलोमिटर टाढा रहेको बीबीसीसमाचारमा उल्लेख छ।
युक्रेनको गुप्तचर निकायले उक्त आक्रमण रुसी क्षमतामाथि पीडादायी प्रहार रहेको जनाएको छ।
रुसले भने युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्ट्रोम स्याडो क्रुज मिसाइल खसालेको दावी गरेको छ।
रुसले पनि यो आक्रमणको जवाफ दिने बताएको छ। युक्रेन आक्रमणका कारण दक्षिणपश्चिमी रुसी शहर साराटोभमा विद्यालयहरू बन्द गरिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij