२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । पञ्जाब प्रहरीका अनुसार यो घटना शुक्रबार राति १२ बजेतिर भएको हो।
गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। पञ्जाब पुलिसका डीसीपी जसकरण सिंह तेजाले भने, ‘गुरप्रीत गोगीलाई अस्पतालमा मृत घोषित गरिएको छ। उनको शवलाई डीएमसी अस्पतालको शवगृहमा राखिएको छ। शवको पोस्टमार्टम गरिनेछ।’
उनले थपे, ‘परिवारका अनुसार गल्तीवश उनले आफूलाई नै गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको थियो। मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ ।’ गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij