२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । भारतको असमस्थित एक कोइला खानीमा ९ जना मजदुर फसेका छन्। फस्नेमा एक मजदुर नेपाली पनि छन्।
भारतीय नौसेनाका गोताखोरले उद्धार सुरु गरेका छन्। खानीभित्र करिब १०० फिट पानी भरिएको बताइएको छ। खानीभित्र अचानक पानी भरिएका कारण मजदुर फसेका हुन्।
खानी करिब ३०० फिट गहिरो भएको बीबीसीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij