Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

हमासको गढमा  इजरायली सेनाद्वारा गाजाको ठूलो अस्पताल कब्जा

हमासको गढमा  इजरायली सेनाद्वारा गाजाको ठूलो अस्पताल कब्जा


  • 1.5K
    Shares

    हमासको गढमा  इजरायली सेनाद्वारा गाजाको ठूलो अस्पताल कब्जा

    इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)ले उत्तरी गाजाको बेत लाहियामा रहेको अन्तिम ठूलो अस्पताल जबर्जस्ती खाली गराएको छ।

    हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले मेडिकल स्टाफलाई नियन्त्रणमा लिएर उनीहरूसँग सोधपुछ गरेको छ।

    कमाल अदवान अस्पतालका निर्देशक डा. हुस्साम अबु साफिया ती व्यक्तिहरूमध्ये एक हुन्, जसलाई आईडीएफले सोधपुछका लागि लगेका थिए।

    इजरायली सेनाले डा. हुस्सामलाई चरमपन्थी समूह हमासका सञ्चालक भएको दाबी गरेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार अस्पताल नजिकै भएको इजरायली हमलामा करिब ५० जनाको मृत्यु भएको छ, जसमा मेडिकल स्टाफ पनि परेका छन्।

    इजरायली सेनाले अस्पताललाई ‘हमासका चरमपन्थीहरूको गढ’ भएको भन्दै त्यहाँ कारबाही गरिएको दाबी गरेको छ।

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार १५ जना गम्भीर बिरामी, ५० जना हेरचाह गर्नेहरू र २० जना स्वास्थ्यकर्मीलाई नजिकैको इन्डोनेसियाली अस्पतालमा स्थानान्तरण गरिएको छ।

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - ०८:३८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij