Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

विमान दुर्घटना, ३० को मृत्यु, २८ को उद्धार

विमान दुर्घटना, ३० को मृत्यु, २८ को उद्धार


  • 1.8K
    Shares

    विमान दुर्घटना, ३० को मृत्यु, २८ को उद्धार

    बाकुः अजरबैजान एयरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ। हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। कजाकिस्तानका अधिकारीहरूले बाकुबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्यासको केन्द्र अक्टाउ सहरनजिकै दुर्घटना भएको बताएका छन्।

    कजाकिस्तानका अधिकारीले विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन्। मृतकको संख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन।

    विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। उक्त विमान अजरबैजानको राजधानी बाकुबाट क्यास्पियन नदीको पश्चिमी किनारमा रहेको दक्षिणी रुसको चेचन्यास्थित ग्रोज्नी सहरका लागि उडेको थियो। विमान दुर्घटनापछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले पूर्वसोभियत राष्ट्रहरूको समूह ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स’का नेताहरूको अनौपचारिक शिखर सम्मेलनमा भाग लिन रूसको भ्रमणको कार्यक्रम छोट्ट्याएको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    कजाकिस्तानको यातायात मन्त्रालयले सञ्चार माध्यमलाई भनेको छ, ‘बाकु–ग्रोज्नी हवाई मार्गमा उडेको एउटा विमान अक्ताउ सहरनजिकै दुर्घटनाग्रस्त भएको छ। यो अजरबैजान एयरलाइन्सको हो।’ अजरबैजानको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सका अनुसार विमानमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए। विमानमा अजरबैजानका ३७ जना, कजाकिस्तानका छ जना, किर्गिस्तानका तीन जना र रूसका १६ जना रहेको कजाकिस्तानको यातायात मन्त्रालयले जनाएको छ

    प्रकाशित मिति :पौष ११ २०८१ बिहिवार - ०७:१९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij