२०८२ फाल्गुण २१ गते बिहिवार
काठमाडौं । बुधबार बिहान हङकङको साइकुङस्थित क्लियर वाटर बे रोडमा तीन सवारीसाधन एकापसमा ठोकिँदा आठ जना घाइते भएका छन्।
बिहान करिब १ बजे पुरानो क्लियर वाटर बे रोडबाट नाउचि वानतर्फ गुडिरहेका दुई वटा सेडान र नयाँ क्लियर वाटर बे रोडमा गुडिरहेको ट्रक चौबाटोमा ठोकिएका हुन्। दुर्घटनामा ४ पुरुष र ४ महिला घाइते भएका छन्।
सुरुमा ट्रक सेतो सेडानसँग ठोकिएर कालो सेडानलाई ठक्कर दिन पुगेको थियो। ठोकिँदा तीन वटै सवारी साधन चौबाटोमा रोकिएका थिए।
दुर्घटनाका कारण चोइवान स्टेट नजिकै साइकुङतर्फ जाने सबै ट्राफिक लेन अस्थायी रूपमा बन्द गरिएका थिए।
स्रोतका अनुसार कालो सेडानमा सवार ६ र सेतो सेडानमा सवार २ जना घाइते भएका हुन्। उनीहरू सबै होसमा रहेको बताइएको छ। उनीहरूलाई एम्बुलेन्सद्वारा युनाइटेड क्रिश्चियन अस्पताल लगिएको थियो।
ट्राफिक संकेत उल्लङ्घनका कारण दुर्घटना भएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अनुमान छ। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (द स्ट्यान्डर्ड)
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij