Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजदेखि आइपीएल टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण सुरु, पहिलो खेलमा मुम्बई र बेङ्ग्लोर भिड्दै

आजदेखि आइपीएल टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण सुरु, पहिलो खेलमा मुम्बई र बेङ्ग्लोर भिड्दै


  • 8.5K
    Shares

    आजदेखि आइपीएल टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण सुरु, पहिलो खेलमा मुम्बई र बेङ्ग्लोर भिड्दै

    काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको खेल हुने हुँदैछ ।

    मुम्बई र बेङ्ग्लोरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लोरको कप्तानी विराट कोहलीले गर्दैछन् ।

    बेङ्ग्लोरले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको भए पनि तीन पटक नै हार ब्यहोरेको छ । यस्तै मुम्बईले पछिल्ला दुई सिजनको उपाधि लगातार जितेको थियो । यसैबीच, भारतको विभिन्न ठाउँमा कोरोनाको दोस्रो लहर सुरु भएकाले विशेष स्वास्थ्य सावधानी अपनाइने भएको छ ।

    केही ठाउँमा लकडाउन भएको र खेलाडीहरुमा समेत कोरोना सङ्क्रमण भएकोले विशेष सावधानी अपनाइने आयोजकले जनाएको छ ।

    खेलमा सहभागी हुने खेलाडीलाई कोरोनाको सङ्क्रमण हुन नदिन होटलबाट बसमार्फत सिधै स्टेडियममा लैजाने र खेल सकिएपछि फेरि बसमार्फत नै होटलमा लगेर राख्ने व्यवस्था मिलाइएको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - ११:१९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij