Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारतमा हरेक दिन संक्रमितको संख्या बढ्दै, दैनिक १ लाख ३१ हजार भन्दा बढीमा संक्रमण पुष्टि

भारतमा हरेक दिन संक्रमितको संख्या बढ्दै, दैनिक १ लाख ३१ हजार भन्दा बढीमा संक्रमण पुष्टि


  • 8.9K
    Shares

    भारतमा हरेक दिन संक्रमितको संख्या बढ्दै, दैनिक १ लाख ३१ हजार भन्दा बढीमा संक्रमण पुष्टि
    images

    दैनिक एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भईरहेको भारतमा पछिल्लो २४ घण्टामा पनि अहिलेसम्मकै उच्च संक्रमित फेला परेको छ ।

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३१ हजार ८ सय ९३ मा संक्रमण पुष्टि भएको छ ।

    योसँगै भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ३० लाख ५७ हजार ९ सय ५४ पुगेको छ । हाल भारतमा सक्रिय संक्रमित मात्रै ९१ हजार ३ सय १९ छन् ।

    त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा आठ सय २ संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा यो संख्या छ सय ८५ थियो । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६७ हजार ६ सय ९४ पुगेको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १०:५६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij