Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

केन्यामा बस दुर्घटना : १५ को मृत्यु,  १४ घाइते

केन्यामा बस दुर्घटना : १५ को मृत्यु,  १४ घाइते


  • 10.6K
    Shares

    केन्यामा बस दुर्घटना : १५ को मृत्यु,  १४ घाइते
    images

    पूर्वी अफ्रिकी राष्ट्र केन्यामा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

    बिहिबार केन्याको समुद्री तटमा रहेको सहर मालिन्डामा दुई यात्रुवाहक बस आपसमा ठोक्किएका थिए । किलिफी प्रान्तका प्रहरी कमिश्नर कुत्स्वा ओलाकाले दुवै सवारी चालकको घटनास्थलमै मृत्यु भएको बताएका छन् ।

    उनले एक यात्रुवाहक बस समुद्री तटीय सहर मोम्बासाबाट गारिसा जाँदै थियो भने अर्को बस मोम्बासा आउँदै गरेको अवस्थामा मलिन्डी-मोम्बासा राजमार्गमा दुर्घटना भएको बताए । 

    दुर्घटनाको साक्षीहरूका अनुसार गारिसातर्फ जाँदै गरेको बसले अर्को गाडीलाई उछिन्ने क्रममा सो घटना भएको बताए । केन्याको राष्ट्रिय यातायात सुरक्षा प्राधिकरणका अनुसार लगभग ३ हजार केन्याली सडक दुर्घटनामा मारिन्छन् । 

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १५:५७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij