Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

सेनाले सैनिक कु गरेसँगै विरोधमा उत्रेका १२० भन्दा बढी कलाकार पक्राउ

सेनाले सैनिक कु गरेसँगै विरोधमा उत्रेका १२० भन्दा बढी कलाकार पक्राउ


  • 8.7K
    Shares

    सेनाले सैनिक कु गरेसँगै विरोधमा उत्रेका १२० भन्दा बढी कलाकार पक्राउ
    images

    म्यान्मारमा सैनिक कू भए यता एक सय २० भन्दा बढी कलाकारहरु पक्राउ परेका छन् । सेनाले सैनिक कु गरेसँगै विरोधमा उत्रेका कलाकारहरुलाई सेनाले पक्राउ गरेको हो । सैनिक सरकारले तिनीहरु पक्राउ परेको आज बिहीवार जानकारी दिएको छ । 

    त्यसमा चर्चित गायक तथा मोडलहरुसमेत रहेको सरकारले जनाएको छ । म्यान्मार र थाइल्याण्डमा समेत चर्चित बनेका गायक तथा मोडल पाइङ ताखोन पनि पक्राउ परेका छन् ।

    उनले पछिल्लो समयमा म्यान्मारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए । अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन् ।

    उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ । त्यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ ।

    त्यसका विरुद्धमा म्यान्मारमा शुरुदेखि नै विरोध भइरहेको छ । सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र बर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन् ।

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - १३:२०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij