Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोपको दोश्रो डोज

भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोपको दोश्रो डोज


  • 6.2K
    Shares

    भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोपको दोश्रो डोज
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोपको दोश्रो डोज लगाएका छन् । मोदीले बिहीबार खोपको दोश्रो डोज लगाएको आफ्नो ट्विीटरमार्फत जानकारी गराएका छन् ।

    पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा पुगेर दोश्रो डोज खोप लगाएका हुन् । उनले भारत मै उत्पादित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन लगाएका हुन् ।

    कोरोनालाई हराउने कम तरिकाहरुमध्ये एक खोप रहेको भन्दै उनले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गरेका छन् ।

    भारतमा अहिले कोरोना महामारीको दोश्रो लहर चलिरहेको छ । भारतमा कोरोनाको दोश्रो लहर पहिलो लहरभन्दा निकै खतरनाक देखिएको छ । एजेन्सी 

    प्रकाशित मिति :चैत्र २६ २०७७ बिहिवार - ११:१६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij