Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

१२ वर्षकी किशोरीमाथि यौन दुर्व्यवहार गर्दै बनाइयो भिडिओ

१२ वर्षकी किशोरीमाथि यौन दुर्व्यवहार गर्दै बनाइयो भिडिओ


  • 7.0K
    Shares

    १२ वर्षकी किशोरीमाथि यौन दुर्व्यवहार गर्दै बनाइयो भिडिओ

    हङकङ । हङकङमा एक १२ वर्षकी किशोरीमाथि यौन दुर्व्यवहार भएको छ। परिवार कोही नभएको मौका छोपी एक पुरुष र एक महिला किशोरीको अपार्टमेन्टमा घुसेका थिए।

    पुरुषले उनीमाथि यौन हिंसा गरेका थिए भने महिलाले यौन दुर्व्यवहारको भिडिओ बनाएकी थिइन्। उनीहरुले सो आपर्टमेन्टबाट लुटपाट पनि गरेका थिए। साउथ चाइना मर्निङ पोस्टका अनुसार काउलुनको साउ माउ पिङको आवसीय क्षेत्रमा यो घटना भएको हो।

    प्रहरीका अनुसार गतहप्ताको बिहीबार यो घटना भएको थियो। हिजो मंगलबार मात्र बालिकामाथि यौन दुर्व्यवहार भएको र सो फ्ल्याटबाट चोरी भएको विषय सार्वजनिक गरिएको हो।

    फ्ल्याटबाट ५ हजार ६ सय हङकङ डलर चोरी भएको थियो। बालिकाले घटनाको वृतान्त आमा बुबालाई सुनाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। यतिबेला प्रहरीले अपराधमा संलग्न महिला र पुरुष दुवैलाई गिरफ्तार गरेका छन्। एससीएमपी

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - २०:१०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij