२०८२ फाल्गुण २१ गते बिहिवार
अमेरिकामा दुई वर्षकी बालिकाले मास्क नलगाएको भन्दै उनको पुरा परिवारलाई नै विमानबाट झारिएको छ।
गत सोमबार स्पिरिट एयरलाइन्सका स्टाफले ७ महिनाकी गर्भवती महिला उनकी दुई वर्षकी छोरी, अपांगता भएका छोरा र उनको श्रीमानलाई विमानमा सवार हुन दिएका थिएनन्।
सानी बालिकाले दही खानको लागि मास्क खोलेकी थिइन्। न्युजर्सीबाट फ्लोरिडाको ओर्लान्डोको लागि उड्न लागेको विमानबाट उनीहरुलाई झारिएको थियो।
यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । ७ महिनाकी गर्भवती अभितालले आफूहरुले मास्क लगाएको बताउँदा फ्लाइट एटेन्डेन्टले २ वर्षकी बालिकाले मास्क नलगाएकाले सबैले विमानबाट झर्नुपर्ने बताएकी थिइन् ।
यद्यपी त्यहाँ सवार यात्रुहरुले विमानका कर्मचारीको विरोध जनाए । दुई वर्षकी बालिकाले मास्क खोलेर दही खानु कुनै अपराध नभएको भन्दै आवाज उठेको थियो ।
भिडियोसहित :
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij