२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं ‘नाइटिङगेल अफ बिहार’ भनेर चिनिने भारतीय लोक गायिका शारदा सिन्हाको निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको एम्स अस्पतालमा ७२ वर्षको उमेरमा मंगलबार राति उनको निधन भएको हो।
पद्मभूषण र पद्मश्रीबाट सम्मानित सिन्हा केही दिनदेखि एम्स अस्पतालमा उपचार गराइरहेकी थिइन्। शारदा सिन्हाका छोरा अंशुमान सिन्हाले सोसल मिडिया प्लेटफर्ममार्फत आमाको निधनको जानकारी दिएका छन्।
डेढ महिनाअघि सेप्टेम्बर २२ मा शारदा सिन्हाका श्रीमान् बृजकिशोर सिन्हाको ब्रेन हेमरेजका कारण निधन भएको थियो।गायिका सिन्हाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij