Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

'१२ गाउँ' ले बम्पर ओपनिङ गर्छ भन्ने थियो, यत्तिको चल्छ भन्ने सोचेको थिएन - समीर भट्ट

'१२ गाउँ' ले बम्पर ओपनिङ गर्छ भन्ने थियो, यत्तिको चल्छ भन्ने सोचेको थिएन - समीर भट्ट


  • 5.0K
    Shares

    '१२ गाउँ' ले बम्पर ओपनिङ गर्छ भन्ने थियो, यत्तिको चल्छ भन्ने सोचेको थिएन - समीर भट्ट

    अभिनेता विराज भट्टका बाबु–छोरा (समीर) को फिल्म '१२ गाउँ' चौथो सातामा प्रदर्शन भइरहेको छ।

    फिल्मले अहिले पनि दर्शकको राम्रो साथ पाइरहेको छ। तीन हप्तामा फिल्मले २३ करोड २५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको वितरकले बताएका छन्। यसैबीच अभिनेता समीर भट्टले फिल्म यति चल्छ भनेर आफूले नसोचेको बताएका छन्।

    दर्शकसँग खुसी साट्न हल भिजिटमा पुगेका समीरले सञ्चारकर्मीसँग कुरा गर्दै फिल्मले बम्पर ओपनिङ गर्छ भन्ने लागे पनि यति रूचाइन्छ भन्ने नसोचेको बताए। 

    'ट्रेलरको रेस्पोन्स हेर्दा फिल्मले २–३ दिन, ४ दिनसम्म बम्पर व्यापार गर्छ भन्ने छाँटकाँट देखिएको थियो। तर यति चल्छ भन्ने लागेको थिएन। पछि महिलाहरूले पनि फिल्मलाई मन पराउन थाल्नुभयो,' उनले भने, 'फिल्ममा एक्सन मात्रै छैन। त्योसँग जोडिएको इमोशन पनि छ। आफ्नो २/३ वर्षका बच्चाहरूलाई लिएर महिलाहरू फिल्म हेर्न आउनुभएको छ। यदि महिलाहरूले फिल्म मन पराइदिनुभयो भने व्यापार लामो समयसम्म जान्छ।' 

    अहिले पनि आफू हलमा जाँदा ७० प्रतिशत दर्शक महिलाहरू रहने गरेको उनले बताए। महिला दर्शक बढेका कारण फिल्म लामो समयसम्म राम्रो अकुपेन्सीमा चलिरहेको समीरको भनाइ छ। '१२ गाउँ' समीरको पहिलो फिल्म हो। फिल्मलाई विराज भट्टले निर्देशन गरेका हुन्। 

    विराज र समीरका साथमा फिल्ममा न्यान्सी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुनजंग शाही, शुलेमान शंकर (इकु), स्टन्ट शिल्भा लगायत कलाकारहरूको अभिनय छ।

    समीर भट्ट अब फिल्म 'बलिदान' मा देखिनेछन्। सन्तोष सेनले निर्देशन रहेको फिल्मको शीर्ष अभिनेताका रूपमा समीरले अभिनय गरिरहेका छन्। यसपछि फेरि बुबा विराजको नयाँ फिल्ममा उनले काम गर्नेछन्।

    प्रकाशित मिति :कार्तिक १७ २०८१ शनिवार - १४:४८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij